Thursday, February 27, 2020

रुवाउने 'आमा'

दर्शकको नजरमा फिल्म
रुवाउने  'आमा'

गाउँमा भ¥याङबाट लडेर टाउको नराम्रोसँग बजारिन्छ, यज्ञप्रसाद अर्याल (देशभक्त खनाल) को । गम्भिर घाइते भएका यज्ञप्रसादलाई उनकी श्रीमती (मिथिला शर्मा) ले एम्बुलेन्समा राखेर शहरको सरकारी अस्पताल ल्याउँछिन् ।
सहरमा डेरा जिवन बिताईरहेका छोरी आरती (सुरक्षा पन्त) र ज्वाइँ (मनिष निरौला) को काँधमा आइपर्छ यो जिम्मेवारी ।

सरकारी अस्पतालको एमआरआइ मेसिन बिग्रिएको छ, अर्को निजी अस्पतालमा चिकित्सकको लापरवाहिले बिरामीको मृत्यु भएको भन्दै आन्दोलन चलिरहेको छ, त्यसैले एम्बुलेन्स चालकको सल्लाहबमोजीम बिरामी अर्को अस्पतालमा लगिन्छ । त्यसपछि कथाले कस्तो मोड लिन्छ होला, यज्ञप्रसादको उपचार होला या नहोला, श्रीमती र छोरीले उपचारका लागि कत्तिको पापड बेल्नुपर्ला लगायतका कुरा थाहा पाउन भने फिल्म नै हेर्नुपर्ने हुन्छ ।
नेपाली फिल्म हाँसोतिर दगुरिरहेको कुरा सबैलाई थाहा छ । जब दीपकराज गिरीले छक्का पञ्जामार्फत करोडौं कमाए, त्यसैको पुच्छर समातेर फिल्मबृत्त उतै पुग्यो । तर केहि बिकासराज आचर्यजस्ता फिल्मकर्मी भने आँशु र रोदनका कथामाफैत दर्शक रुवाउने कोशिस गरिरहे । त्यसैलाई साथ दिन आइपुगेजस्तो लाग्छ, दीपेन्द्र के. खनाल पनि आमा बोकेर ।
गाउँमा भ¥याङबाट लडेर टाउको नराम्रोसँग बजारिन्छ, यज्ञप्रसाद अर्याल (देशभक्त खनाल) को । गम्भिर घाइते भएका यज्ञप्रसादलाई उनकी श्रीमती (मिथिला शर्मा) ले एम्बुलेन्समा राखेर शहरको सरकारी अस्पताल ल्याउँछिन् । सहरमा डेरा जिवन बिताईरहेका छोरी आरती (सुरक्षा पन्त) र ज्वाइँ (मनिष निरौला) को काँधमा आइपर्छ यो जिम्मेवारी ।
सरकारी अस्पतालको एमआरआइ मेसिन बिग्रिएको छ, अर्को निजी अस्पतालमा चिकित्सकको लापरवाहिले बिरामीको मृत्यु भएको भन्दै आन्दोलन चलिरहेको छ, त्यसैले एम्बुलेन्स चालकको सल्लाहबमोजीम बिरामी अर्को अस्पतालमा लगिन्छ । त्यसपछि कथाले कस्तो मोड लिन्छ होला, यज्ञप्रसादको उपचार होला या नहोला, श्रीमती र छोरीले उपचारका लागि कत्तिको पापड बेल्नुपर्ला लगायतका कुरा थाहा पाउन भने फिल्म नै हेर्नुपर्ने हुन्छ ।
फिल्ममा आमा बनिसकेका, भर्खरै आमा बनेका र आमा बन्ने प्रयत्न गरिरहेका तीन आमाहरुको भुमिका देखाउने कमजोर प्रयत्न गरेका छन्, यसका लेखक निर्देशक तथा छायाँकार दीपेन्द्र के खनालले । कथा एकातिरको भएपनि बिषयबस्तुलाई सम्हाल्न नसक्दा फिल्म दुर्घटनामा परेको छ । फिल्मको सुरुवातमै गम्भिर घाइते भएर एम्बुलेन्समा ल्याउँदै गरेका बाबुप्रति छोरी आरतीको हाउभाउ र अस्पताल जाँदासम्मको दृष्य अस्वभाविक लाग्छ । उनको अनुहारमा चिन्ताको भावभंगी कत्तिपनि देखिदैंन । आमा एम्बुलेन्सबाट निस्किएपछि आरती बाबुको भन्दा साथमा कोहि नभएकोबारे चिन्ता प्रकट गर्छिन् ।
त्यतिमात्रै होइन, अस्पतालमा त्यतिधेरै खर्च लाग्दापनि पैसा जुटाउन उनीहरुलाई समस्या छैन । अमेरिका बसेका दाजुलाई बारम्बार फोन गरेर पैसा मागिरहन्छन् र खर्च पनि टरिरहन्छ ।
फिल्ममा न त प्रमुख पात्र स्पष्ट छ, न त त्यो पात्रको उपस्थिती नै सार्थक । हरेक फिल्म बन्नका लागि त्यहाँ, स्पष्ट बिषय, त्यहि अनुसारको पात्र र परिस्थिती अनि द्वन्द चाहिन्छ । तर यहाँ निर्देशकले फिल्म कुन बिषयमा बनाउन खोजिएको भन्ने नै प्रष्ट हुँदैन । यहाँ आमा नाम मात्रै दिईएको छ, कथा आमाको संघर्षमाथी छैन । यदि रुनु र औषधी किन्न बजार जानुलाई मात्रै संघर्ष मान्ने हो भने यो निकै फितलो पटकथा हो, किनभने आमा यतिमा मात्रै सिमित हुँदिनन् ।
अब के होला भनेर कुरेर बसेका दर्शकका आँखालाई अन्त्यमा बिनाकारण रुवाउन खोज्नु पनि निर्देशको दुर्वल पक्ष हो । पहिले पशुपतिप्रसादमा पनि मुख्य पात्रलाई अन्त्यमा मारेर दर्शकको मन चुकचुख्याएका खनालले यहाँ पनि त्यहि निती प्रयोग गरेका छन् ।
केहि सबल पक्षहरु पनि छन् फिल्ममा । दीपेन्द्र आफैले यो फिल्म खिचेका छन् र यसलाई न्याय पनि गरेका छन् । स्वायर एस्पेक्ट रेसियो अर्थात वर्गाकार रेसियोमा खिचिएको फिल्ममा पात्रको इमोसनलाई राम्रोसँग देखाइएको छ । विम्ब र प्रतिकात्मक सिनहरु पनि केहि हदसम्म देखाउने प्रयत्न गरिएको छ । जस्तो कि, टाइमिङका लागि बर्षाको समय देखाइएको छ, घडी चल्नु र नचल्नुलाई घाइतेसँग दाँजिएको छ । अस्पतालले मरिसकेको मान्छेलाई भेन्टिलेटरमा राखेर बाँचेको देखाउनु र आमाले घडीमा दम दिदैं समय मिलाउनुलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
त्यस्तै, शवकक्षमा श्रीमानको लासमाथी आएका मुसा धपारईरहेकी श्रीमतीको सिनले पनि दर्शकका आँखा धमिलो बनाउँछ । यता आफ्नो बच्चालाई छात्तिमा टास्न पनि नपाएकी आमा (सरिता गिरी) ले बच्चालाई दुध चुसाउन नपाएर दोहेर फाल्नुपरेको दृश्यले पनि मन चिसो पार्छ । साथै सुत्केरी अवस्थामा जात नमिल्ने केटोसँग बिहे गर्दाको अफ्ट्यारो परिस्थितीले पनि नेपाली समाजको यथार्थता चित्रण गर्दछ ।
फिल्मको अर्को कौतुहलताको पक्ष भनेको फोनमा मात्रै बोल्ने छोराको छ । त्यो छोरा दलालमार्फत फस्दै अमेरिका पुगेको हुनाले, आएपछि फर्केर जान नपाइने हो कि भनेर बाबु मर्दा समेत नेपाल आउँदैन । फिल्ममा त्यो पात्र कस्तो होला भनेर सोच्ने जिम्मा दर्शकलाई नै दिएका छन् निर्दैशकले ।
यति हुँदाहुँदै पनि फिल्म फितलो बनेको छ । मिथीला र सुरक्षाको अभिनय औसत छ । उनीहरु पहिलेको अभिनय भन्दा माथी उठ्न सकेका छैनन् । फिल्ममा सरिता र  मनिषको अभिनयमा भने खोट लगाउने ठाउँ छैन । साथै अस्पतालभित्र बिभिन्न भुमिका पाएका कलाकारहरुले पनि अभिनयलाई न्याय नै गरेका छन् ।
सुरक्षाले फिल्ममा कपाल काटेको प्रसंग निकै चलेको थियो । नेपाली फिल्म क्षेत्रमा कपाललाई सुन्दरताको कडी मान्ने गरिन्थ्यो । त्यस्तो कडी फिल्मकैलाई त्याग गर्नु सानो कुरा भने होइन । यो भन्दा अघि पनि थियटर कलाकार रोजिता बुद्दाचार्य, नायिका नम्रता श्रेष्ठ लगायतले फिल्मकै लागि कपालको बलिदान दिइसकेका छन् । त्यसैले खनालले फिल्म चलाउनकै लागि मात्रै कपालमाथीको राजनिती नगरेको भए हुन्थ्यो । हुन त उनले पहिले पनि महानायक राजेश हमालको कपाल काटेर त्यसैलाई प्रचारप्रसारको माध्यम बनाएका थिए ।
समग्रमा भन्दा फिल्मले दुई घण्टासम्म दर्शकलाई तानेर राख्न भने सक्छ ।  यस्ता गम्भिर बिषयमा फिल्म नबनिरहेका बेला, यत्तिको बन्नुलाई पनि राम्रै मान्नुपर्छ । तर खनालप्रतिको अपेक्षा जति थियो त्यो भने पुर्ण हुन सकेको छैन ।

Share:

0 Comments:

Post a Comment