Sunday, September 7, 2014

नेप्टिको नाक

    महाबौद्धको काजिमानको मःम पसलमा पसेर एउटै टेवलमा बसेर म:म खाउन्जेल काम गर्ने र काम गर्न लगाउनेको हैसियत एउटै हो भन्छु म त । भलै त्यहाँबाट निस्केपछिको कुरा बेग्लै । त्यसैले पनि आफुले अध्ययन गरेको कलेजमा पढ्न आउनेहरुले कि मैले जस्तै घरको हलगोरु मासेर खर्च जुटाएर आए कि दिदिबहिनिको खुत्रुके फुटाएर आए होलान भन्ने लाग्यो । नत्र किन त मेरै डयांगमा सामिल तिनिहरु ? मैले जस्तै गुन्द्रुक र ढिँडोमा गुजारा चलाउनेको यत्रो जमातमा मलाइ साह्रै रमाइलो लागिरहेको थियो । मेरो निधारको जस्तै अरुको निधारमा पनि घाउको खत देख्दा लाग्थ्यो बजियाले पनि बाटुलिलाई जिस्क्याउन भ्याएछ र भेटेछ ढुंगाको घुँयेत्रो । धेरै मध्ये एक थिइन सोनि । एकै नजरमा सबैको मन हर्ने हैसियतको रुपरंग भएकि । म पनि त कम्ताको हेण्डसम होइन त्यहि अलिकति रुपरंग र जीउडाल नमिलेको मात्रै हो । मनमनै सोच्थेँ यस्ति परिलाइ कुनै उपमा दिउँ तर के ? मनमा सुझिरहेको थिएन । धेरै सोचबिचार पछि यस्तो शब्द सुझमा आयो । नेप्टि । उर्बशि, तिलोत्तमा, परि, सुन्दरि अरु साथिहरुले त के के डिस्नेरिमा भए जति सबै उपमा भन्न भ्याए । बहाना थियो हाँसखेलको थियो । दिनकटाउने मेलोको थियो । नजिक हुनेको मेसोको थियो । आतिमयता बढाउनेको चाँजोको थियो । साँच्चै त्यो शिवाय अरु केहि थिएन । तर म बिचार गर्थे बेला मौकामा अरुले सम्बोधन गर्दा उनको अनुहार जति बल्थ्यो मैले नेप्टि भनेर सम्बोधन गर्दा झयाप्पै निभ्थ्यो ।


अमिलो खाएको जस्तो तमतमाउँदो उनको अनुहार हेर्न लायकको हुन्थ्यो । उनको त्यहि स्वरुप हेर्न म हरपल लालयित हुन्थे बारम्बार भनिरहन्थे नेप्टि नेप्टि नेप्टि । प्रतिवादमा उनले ध्वासे भन्थिन मलाइ
रमाइलो लाग्थ्यो । वास्तविक लाग्थ्यो । आखिर म थिएँ पनि त्यस्तै । पहिलो बर्षको नतिजा निस्क्यो पुछारमा नाम हुँदा पनि कम्ता रमाएन मेरो मन । शिरानमा कसको रहेछ भनेर टाउको दुखाइरहनै परेन । त्यै
पनि अलिअलि हेक्का छ । अँ साँच्चि सुनकेशरी हो क्यारे । त्यत्रा बिधि सेक्सनमा होलिन नि कुनै किन टाउको दुखाइरहन पर्यो र । दोश्रो बर्षको पढाइ सकियो । परिक्षा सकियो । महंगिको मानो खाएर शहरमा बस्ने हैशियत थिएन मेरो त्यसैले लागेँ आफनै आउँतिर । पछि रिजल्ट लिन आउँदा भेट भो हाम्रो । नमस्ते सोनि जी उनले पनि फिस्स हाँस्दै नमस्कार फर्काइन । लामो समयपछि भेट भो । खुलेर कुरै गर्न सकेनौ । न उनले न मैले । दुवै जना अवाक भयौ केहिपल । कतै बसेर चिया खाउन न है ? प्रस्ताव मैले नै राखेँ । उनको मौन स्विकृति पाएपछि नजिकैको मिठाइपसल पस्यौ हामी ।
एकछिन है म फ्रेस भएर आउँछु भन्दै उनि बाथरुम तर्फ लागिन । त्यहि मौकामा उनले टेवलमा राखेको झोला हेरेँ । मार्कसिट थियो । मनिब्याग थियो अनि थियो एउटा नोट बुक । रिजल्ट हेरेँ । डिस्टिनेशन । माथि नाम हेरेँ । सुनकेशरी । म अवाक भएँ एकछिन ।
उहि सुनकेशरी जसको नाम मैले पहिलो बर्षको नतिजामा सबैभन्दा माथि नाम देखेको थिएँ ।
नोटबुक निकालेँ । त्यो त दैनिकि जस्तै गरि लेखिएका केहि टिपोटहरु रहेछन । नाम सुनकेशरी नै लेखिएको थियो । पहिलो पानामा हेरेँ । आज म औधि खुशि छु । वडा मुस्किलले मात्र राजि हुनुभो मेरो बुबा । काठमाण्डौ शहरमा पढ्न जान दिनको लागि ।
गाउँको मुखिया न ठहरिनु भो । शहरमा गएर बिग्रेलि र इज्जत फाल्लि भन्ने कत्रो डर उहाँलाई ।
तलाइ थाहा छँदै छ छोरी समाजमा हाम्रो कत्रो इज्जत छ । हाम्रो नाक कटाउने काम नगरेस तैले । तिम्रो एउटा सानो गल्तिले पनि हाम्रो मान सम्मान स्वाभिमान स्वाहा हुन सक्छ । यो गाउँ समाजमा नाक देखाउन लायक
रहने छैनौ । मलाइ बिशवास छ तिमिबाट त्यस्तो केहि काम हुने छैन जसले हाम्रो नाक कटाओस ।
त्यो पाखे पाराको नाम भो तेरो नाम । फेर अब । सोनि भन्नु है अब आफनो नाम । साथिहरुले सुझाव दिए मैले पनि त्यसै गरेँ । मेरो असलि नाम त कसैले
पनि हैक्कै राखेनन । आखिर नाममा पो के थियो र ।
मेरो त एउटै अर्जुनदुष्टि अध्ययन थियो । कसले के गर्छ र कसले मलाइ के भन्छ संग म केहि सरोकार राख्दिन थिएँ । यद्यपि जिस्काउथे नि केटाहरुले । कसैले क्युटी भने, कसैले ब्युटि कसैले स्विटि भनेर मेरो मन
मुटुमा प्रहार गर्न खोज्थे । मेरो हृदयमा बास गर्न खोज्थे । म हाँसेर उडादिन्थे सबैको कुरा । केहि मतलब गर्दिन थिएँ । जब एकदिन श्यामले मलाइ नेप्टि भनेर सम्बोधन गर्यो तब मर्माहत भएको थिएँ म । अचानक मैले तँलाई ध्वासे भन्न भ्याएको थिएँ र उसलाइ ध्वाँसे भनेको प्रति मलाइ कुनै पछुतो थिएन । त्यस दिन
बेलुका धेरैबेरसम्म एैनाको अगाडि उभिएर आफ्नो नाकलाइ नियालिरहेँ । चोर औलाले
नाकको टुप्पोमा बेस्सरि थिचेर दवाएँ अनि मनमनै भने नेप्टि भनेको त यस्तो हुनपर्ने हैन र भन्या ? जब औला छोडिदिन्थे तब नाक उछिट्टिएर पहिलेकै ठाउँमा पुग्थ्यो । तर अहं कुनै पनि हालतमा म नेप्टि छैन भन्ने
कुरामा म बिश्वस्त भएँ । कहिले कापिको पानामा ठुले अक्षरले नेप्टि लेखेर परैवाट देखाउथ्यो । कहिले
नजिक परेको बेलामा नेप्टि भन्थ्यो । कुनै न कुनै प्रकारले भन्नैपर्ने तालिका बनेको थियो उसको ।
सबैले खुवाउथे टि मलाइ । क्युटी ,ब्युटि, स्विटि, नेप्टि भनेर । तर श्यामेको टि मा बिशेष सुगन्ध पाउथेँ म । आफनै गाउँको पाखापखेराको गन्ध पाउथे. ।
अपनत्वपनको, आत्मियताको छन्द पाउथे । त्यसैले मलाइ अब त्यो शब्द नसुनेको दिन अनिलो लाग्न थालेको थियो । खल्लो लाग्न थालेको थियो ।
अरुले मेरो मन मुटुमा प्रहार गर्न खोजे । म कत्ति पनि बिचलित भइन । तर तिमिले चाहि मेरो नाकमा प्रहार ग-यौ । मेरो मर्ममा प्रहार गर्यौ । त्यसैले म
मर्माहत भएँ । आत्मियताको बिश्वासको अपनत्वपनको । नेप्टि । कति आनन्द लाग्थ्यो सुन्दैमा पनि मलाइ । तर भन्न सक्दिनथे म तिमिलाइ । तिम्रो अगाडि म
लाचार र कमजोर बन्न चाहन्नथे । मेरो अभिमानले दिदैनथ्यो मलाइ । अध्ययनको पहिलो चरण पुरा गरेर घर पुग्दा बाबा एकदम खुशि हुनुभो । छोरीले नाक बचाएर आई । स्यावासि पनि दिनु भो धेरै धेरै । राम्रो नतिजा आयो भने अझै राम्रो ठाउँमा । तिमिले रोजेकै ठाउँमा पढन पठाउँछु भन्नु भो । तर मेरो घाइते नाक उहाले देख्नु भएन । देखाउन सकिन । बताउन सकिन
मैले । उनि आउदै गरेको आभाष पाएँ । हत्तपत्त झोलामा राखिदिएँ सबै पहिला जस्तै गरि । केहि चाल नपाएको झै गरि बसेँ । उनि पनि आएर सजिलो गरि बसिन । अनि मैले भने कुन चाँहि टि खाउ. ? ब्ल्याक टि, मिल्क टि, नेप्टि ??? उफ, सरि है मुखबाट फुत्किहाल्यो । अलि नर्भस जस्तो भएँ म । आज मैले
नेप्टि भन्दा पहिलेको जस्तो मावभंगि थिएन उनको मुखमुद्रामा । सरि भने नि त । मैले फेरि याचना गरे । मैले उनको अनुहार धमिलो देख्दै जान थालेँ जब मेरा आखाँको डिलमा उनका औलाहरु सल्बलाए तब मैले थाहा पाएँ मेरो आखाँ त
आसुले भरिएका रहेछन । उनको नयन पनि यस्तै ओशिला । एउटै अर्थको आँशु रहेछ हामी दुवैको आँखामा ।

उदास कार्की
बसुन्धरा, काठमाण्डौ ।
Share:

0 Comments:

Post a Comment