Friday, August 8, 2014

उधेक पो लाग्छ नेपाली हरु को बुद्धि देखेर :

         हामी नेपाली हरु साँच्चै नै गिदी कम्ती भएरै पछी परेका रैछौ भन्ने कुरा नेपाली हरु कै कृियाकलापले प्रमाणित गर्ने गरेको छ । बिषय सन्दर्भ वा घटनाहरू आदी जस्तो सुकै होस जात्रा देखाइ हाल्छौ, साँच्चै सिपालु र जागरिला छौ हामी नेपालीहरु जाँत्रा देखाउन मा,


  धेरै पर नजाउ हिजो को फुटबल वर्ल्ड कप खेल र आजको इज्रायल र प्लास्टाइन बिच को युद्ध लाई लिएर हामी नेपाली हरु उचालिएको हेरौ ! हिजो फुटबल हुदा पनि नेपाली नेपाली हरु को बादबिवाद, झगडा, तँ तँ म म जस्ता कृयाकलाप हरु प्रश्स्त भएको थियो । कति साथी हरु त अहिले संम पनि एक आफस मा दुस्मनी साँधेर बसेका छन । अहिले यो फेसबुकमा इज्रायल र प्लास्टाइन को युद्धका बादबिबाद हरु चर्किरहेको देखिन्छन् । 


  सपोट र बिरोध का कुरा हरु लिएर तँ तँ म म झजडा र गालीगलौच गर्ने समेत पछी परेका छैनन नेपाली हरु..  एक आपसमा खेल लाई पक्ष बिपक्ष भए ल ठिकै छ तर यो युद्ध मा त मान्छे मार्ने र बिध्वङस गर्ने काम भइ रहेको छ चाहे जस्ले गरोस जुन बिषय र कारण ले गरोस मानव बस्ती सखाप पार्ने काम भइ रहेको छ, जुन देशका मरून मान्छे मरेका छन,  निर्दोष र कलिला नानी हरु समेत मरेका छन, यस्तो अवस्था मा शान्ति को कामना गर्नु पर्ने ठाउँमा  हाम्रा नेपाली दाजु भाइ दिदी बहिनी भनौ या नेपाली हरु भने कोहि इज्राइल को पक्ष मा र कोहि प्लास्टाइन को पक्ष मा बाद बिबाद र वकालत गर्दै नेपाली जाँत्रा देखाइ रहेका छन । 

  आफु आफू मा झगडा र गाली गलौज भना भना  गर्दैछन ।  युद्ध चाहे जस्ले गरोस जुन सुकै उदेस्य को लागि गरोस त्यस को प्रतिफल केवल बिनास मात्र हुन्छ,  मानव हत्या मात्र हुन्छ,  फेरी किन सपोट र बिरोध को भुत चढेको नेपाली हरुलाई.. कोहि हाम्रो कमाउने थलो भनेर उफरेका छन, कोहि इतिहास कोट्याएर उफिएका छन, ए मुर्खहरु हो युद्ध को अन्त्य होस  भनेर कामना र प्राथाना गर्ने ठाउँमा  किन पक्ष र बिपक्ष भएर झगडा गरि रहेका छौ !
 सबै मिलेर शान्ति को दियो जलाउनु पर्ने बेला मा किन आ आफै बिच झगडा को राँको बाल्दैछौ ?
के हामी नेपाली हरु मा यति पनि गिदी छैन ? 

युद्ध लाई बढवा दिने हैन साम्य पार्नु पर्छ भन्ने  उधेक पो लाग्छ नेपाली हरु को बुद्धि देखेर.....
Share:

0 Comments:

Post a Comment