Thursday, June 19, 2014

कथा : शंका


एकान्त भंग गर्दै बोली प्रभा
                 दिज्यु के भो हजुरलाई ।
                 हडबडाउँदै बोलेँ केहि हैन ।
            पत्याईन क्यार निधार छामी, चिटचिट पसिना छुटिरहेको थियो । ओहो ! ज्वरो आएछ, एक्लै बोली ऊ । सोध्दै नसोधी डाक्टर बोलाई । प्रभात, मेरो क्लासमेट फ्रेन्ड । डाक्टर भएको छ अहिले । बोल्यो - कति भनौ तिमीलाई सानो कुरामा धेरै दिमाग नचलाऊ भनेर । चुप बसेँ, ऊ अरु पनि केहि बोल्दै थियो । प्रभातको बोली पालना गर्दै प्रभाले आदेश दिई दिज्यु रेस्ट गरिस्यो, धेरै दिमाग नचलाईस्यो नि ।

जति निदाउन खोज्दा पनि निद आएकै हैन झन् धेरै सरुको कुराको याद आईरहेछ । मनसपटलमा बिहानको घटना खेल्न थाल्यो । सरु मेरी बालसखा, पढ्न त्यति चलाख त हैन तर पनि चलाखमै गनिन्थी । अहिले महिलाको हकहितको लागी काम गर्ने एनजीओ मा जब गर्छे । बडो नेता टाईपकी छे यो केटी । पुरुषको जतिकै अधिकार पाउनुपर्ने उस्को माग नै छ । अनि अर्को सिदान्त हाँसेर बाँच्ने । तर करिब एक बर्षपछिको भेटमा सरुलाई एकदमै फरक पाएँ । सोधेँ के भो तँलाई किन निरास ? सँधै हाँसेर बाँच्नुपर्ने लेक्चर दिदैँ हिड्थीस् त ! धेरै समयको मौनता चिर्दै सरुले मुख खोली,
समर लाई चिन्छस् ?
छैनको मुन्टो हल्लाएँ ।

उसैले कुरा सुरु गरी - हेर् न हामी सँगै पढेको रे मलाई भने याद भएन, सरकारी जागीरे, अहिले बसाईँ सरेर तराई झरेको रहेछ । के भो त की लभ सभको चक्करमा फसिस् बीचैमा कुरा काटेर बोलेँ म ।

लामो स्वास सँगै ऊ बोली -
के भन्नु यार तँलाई, जिन्दगीले जे नसोचेको त्यहि गराउँदो रहेछ । फेसबुकमा समर सँग भेट भयो, गफ गर्दै जाँदा हामी नजिक भयौँ, पछि भेटघाट पनि बाक्लै हुन थाल्यो । मान्छेलाउ आकर्षण गर्न सिपालु रहेछ ऊ पत्तै नपाई म पनि फसिहालेँ ।


उसको मुखबाट माया र बिहेका कुरा कहिल्यै निस्केन । म त केटी मान्छे मनका कुरा गरौँ भने छाडा भन्ने हो कि ! तर एकदिन उसैले फिल्म हेर्न जाने प्रस्ताब राख्यो खुशि हुँदै स्विकार गरे । नाईट सो नजानिदोँ पाराले मेरो शरिरमा हात लगाउँदा पनि नकार्न सकिन किनकी उसलाई मैले प्रेम गर्न थालिसकेको थिएँ । फिल्म सकिँदा रात निकै बितेछ गाडी पाईएन होटलमा बस्न बाध्य भयौँ त्यसै रात मैले आफ्नो कुमारित्व समरलाई सुम्पिएँ ।

त्यसपछि झन् उस्ले बढि कियर गरेको फिल हुन थाल्यो । दिनदिनैको फोन र हप्तै पिच्छेको भेटले झन प्रेम बढेको महशुस गर्न थालेको थिएँ । तर एकदिन एउटा नयाँ नम्बरबाट फोन आयो । उताबाट अतालिएको स्वरमा भनिएको थियो म समरको वाईफ, हाम्रो पनि प्रेम बिबाह हो, उस्का छोराछोरी बाबा आउने बाटो हेरेर बसेका छन्, एउटी नारीको ब्याथा बुझिदिनुहोला है । सरु अचानक भकानिएर रुन थाली मेरो पेटमा समरको 4 महिनाको बच्चा छ भन् म के गरुँ ?

अचानक बजेको फोनको घण्टीले सोचाईको तरंग टुटाईदियो । महेशको फोन रहेछ ,धेरै माया गछ उ मलाई त्यसो त म पनि उसलाई धेरै माया गछु । उसैको लागी त दिनभर म अनलाईनमा हुन्छु ।
हो महेशले मलाई धेरै माया गर्छ । सँधै म्यासेजमा लेखिरहेको हुन्छ मिसिङ यु, लभ यु । फोनमा बोलिरहेको हुन्छ नजिक भईदिएको भए । हुन पनि ऊ म बाट धेरै टाढा छ । आज सरुको कुराले केटाहरुको बिषयमा एकप्रकारको शँका उत्पन्न गराएको छ ।

सँधै रात परेपछि महेशले लेख्ने गर्छ नो कल नो म्यासेज है !
एकपटक त्यसो भन्दा भन्दै पनि कल गर्दा एक नमिठो नारी आवाज सुनेको थिएँ । "कस्लाई खोजेको ?" जतिसक्दो नरम हुँदै सोधेको थिएँ महेश जी हुनुहुन्छ ? टुट् टुट् फोन काटिएको आवाज आएको थियो । आज रेष्ट गर्ने बाहनामा बिस्तारामा पल्टदा त्यहि याद आईरहेछ र एउटा नराम्रो शँकाले सताईरहेछ, केटा मान्छेको के भर कतै सरुको जिन्दगीमा जस्तै मेरो पनि............. ।
By:- Pushpa Palans (Sister)
Share:

0 Comments:

Post a Comment