Tuesday, May 5, 2015

ईतिहासको साक्षी



सन् २०१४ को अप्रिल १ मा चिलीमा ८.२ रेक्टर स्केलको भूकम्प गयो । निकै उच्च म्याग्नेच्युडको उक्त भुइँचालोमा परी जम्मा ६ जनाको ज्यान गयो । २५ सय वटा घर भत्किए र ८० हजार मानिस विस्थापित भए । चिलीमा गएको भूकम्पको एक वर्षपछि नेपालमा त्यो भन्दा कम म्याग्नेच्युड अर्थात् ७.८ रेक्टर स्केलको भूइँचालो गएको छ । यसमा परी अहिलेसम्म ७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ज्यान गुमाउनेको संख्या बढिरहेको छ । धेरै सहर तथा गाउँहरु ध्वस्त भएका छन् र दशौँ लाख मानिस घरबारवीहिन भएका छन् ।

नेपालको भन्दा निकै उच्च क्षमताको भए पनि चिलीको भूइँचालो खासै समाचार बनेन । तर नेपालको भुइँचालोले भने पूर्ण क्षति गरायो र सबैको ध्यान तान्यो । आखिर एकै प्रकारका यी दुई भुइँचालोको असर किन यति धेरै फरक ?

यो प्रश्नको मुख्य जवाफ हो, भौतिक पूर्वाधारको गुणस्तर तथा आर्थिक सम्वृद्धि ।
चिलीमा सन् १९५० मा ९.५ रेक्टर स्केलको भुइँचालो गएको थियो । उक्त भुइँचालो विश्वमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो । त्यसमा परी साढे ५ हजार जनाले ज्यान गुमाएका थिए । उक्त विपत्ति पश्चात् चिलीले आफ्ना भवन लगायतका भौतिक संरचनालाई आधुनिकीकरण गर्ने महत्वपूर्ण पाइला अघि बढायो र भवनलाई ठूलो भूकम्पको धक्कासमेत सहन सक्ने गरी डिजाइन गरियो ।
जबकि नेपालमा भवन निर्माण आचार संहिता पालना गरेर निर्माण गरिएका निकै कम मात्र भवन छन् । जसका कारण भूकम्पको धक्का आउँदा धेरै भवन गल्र्याम्म ढले ।
भौगर्भिक भिन्नता
यद्यपि आर्थिक सम्वृद्धि तथा भवन निर्माण संहिताले मात्र भूकम्पीय सुरक्षा तथा जोखिमको कुरा पूर्ण हुँदैन । चिली र नेपालबीचको भौगर्भिक अवस्था पनि भिन्न छ ।

 भूकम्पीय पूर्वतयारीमा गरिने १ रुपैयाँको लगानीले भूकम्पले गर्ने ५ रुपैयाँको क्षति रोक्न सक्छ
नेपाल यस्तो भौर्ग्भिक क्षेत्रमा पर्छ, जसलाई कन्टिनेन्टल कोलिजन जोन अर्थात् महाद्विपीय टकराव क्षेत्र भनिन्छ । भारतीय उपमहाद्वीप बाँकी एशियातर्फ घुसिरहेको छ र यो क्षेत्रको भूकम्पीय फल्ट रेखाहरु पनि लुकेका छन् । भूकम्पीय फल्ट रेखाहरु जमीनभित्र निकै तल पुरिएका छन् । सतहका चिरासमेत छिटै वर्षात्को पानीसँगै बगेको हिलोले पुरिन्छन् भने कतिपय ठाउँमा घना जंगलभित्र हराउँछन् ।

भौगर्भिक प्लेटबीचको टकरावका कारण वाषिर्क ४.५ सेन्टिमिटर क्षेत्र खुम्चिइरहेको छ । टकरावको यो दरका कारण नेपालमा केवल केही दशकमा मात्र मुख्य भूकम्पीय धक्का आउँछ ।
जबकि चिलीको फल्ट रेखा भने प्रष्ट छ । एउटा ठूलो सुरुङ जहाँबाट प्रशान्त महासागरको पिँध दक्षिण अमेरिका महादेशभित्र प्रति वर्ष १० सेमीको दरमा घुसिरहेको छ, जसका कारण त्यहाँ वर्षेनी ठूलो भूकम्प आउने गर्छ । त्यसैले भूकम्पीय प्रतिरोध त्यहाँको मुख्य प्राथमिकता बनेको छ ।
महाद्वीपीय टकराव क्षेत्रमा पर्ने भएकाले यहाँको भौगर्भिक अवस्थाका विषयमा तुलनात्मक रुपमा राम्रोसँग अध्ययन भएको छ ।

नेपालमा हालैको भूकम्पको केही हप्ताअघि मात्र भूगर्भ्विदहरुले नेपालको सबैभन्दा जोखिमपूर्ण भूकम्पीय फल्ट क्षेत्रको पहिचान गरेका थिए ।
विश्वमा महादेशीय टकराव क्षेत्रमा पर्ने अन्य देशहरुमा डरलाग्दो तरिकाले फैलिएका फल्ट रेखाहरु हुन्छन्, जो हजारौँ किलोमिटर भूमिसम्म फैलिएका हुन्छन् ।

भुमध्यसागर देखि इण्डोनेसियासम्मै भूकम्पीय फल्टहरुको अस्थिर सञ्जाल फैलिएको छ । अफ्रिकन, अरेबियन तथा इण्डियन प्लेटहरु उत्तरतर्फको युरेसियन प्लेटभित्र घुस्दै जाँदा यस्ता फल्टहरु बनेका हुन् । सोही कारण इस्तानवुल, तेहरान, ताब्रिज तथा अस्खाबाद लगायतका ठूला सहरहरु भूकम्पीय जोखिमका हिसाबले विश्वकै सबैभन्दा खतरनाक क्षेत्रका रुपमा रहेका छन् ।
नेपालमा फल्ट रेखा तथा भूकम्पीय जोखिमका विषयमा पर्याप्त सूचनाहरु पहिले नै उपलब्ध थिए । निकट भविष्यमा नेपालमा ठूलो भूकम्प जाने भन्दै सरकारी गैरसरकारी क्षेत्रबाट जनचेतनाका कार्यक्रम, तालिम तथा पूर्वतयारीका विषयमा समेत केही कार्यक्रमहरु सञ्चालन हुने गरेका थिए ।
युरोपेली युनियनको सेन्टिनल वान स्याटेलाइटले खिचेको दृश्य अनुसार नेपालको हालको भूकम्पले जमीनमा खासै धाँजा फाटेको छैन, यसको अर्थ हो अझै पनि ठूलो उर्जा तथा स्ट्रेन फल्ट क्षेत्रमा सञ्चित छ

अक्सफोर्ड विश्वविद्यालयका भूगर्भ्विद फिलिप इङ्ल्याण्डका अनुसार यही सावधानी तथा सरकारी र गैरसरकारी क्षेत्रबाट भएगरेका कार्यक्रमकै कारण नेपालमा अहिलेको भूकम्पले अपेक्षा भन्दा कम मानवीय क्षति भएको छ ।

नेपालको विनाशकारी भूकम्पले अन्तराष्ट्रिय समुदायलाई भूकम्प प्रतिरोधी संरचना निर्माणको महत्वका विषयमा सजग गराउने आशा गर्न सकिन्छ ।
विज्ञहरुका अनुसार भूकम्पीय पूर्वतयारीमा गरिने लगानीले त्यसको पाँच गुणा प्रतिफल दिन्छ । अर्थात् भूकम्पीय पूर्वतयारीमा गरिने १ रुपैयाँको लगानीले भूकम्पले गर्ने ५ रुपैयाँको क्षति रोक्न सक्छ ।

निकट भविष्यमै अर्को भूकम्पको खतरा
युरोपेली युनियनको सेन्टिनल वान स्याटेलाइटले खिचेको दृश्य अनुसार नेपालको हालको भूकम्पले जमीनमा खासै धाँजा फाटेको छैन । यसको अर्थ हो अझै पनि ठूलो उर्जा तथा स्ट्रेन फल्ट क्षेत्रमा सञ्चित छ । त्यसकारण केही दशकमै अहिले गएकै क्षेत्रमा अर्को ठूलो भुइँचालो जान सक्ने सम्भावना रहन्छ ।
भूगर्व्विद् फिलिप इङ्ल्याण्ड भन्छन्, ‘यद्यपि यो भूकम्प पनि निकै नै दर्दनाक छ तथापि यो अझै निकै बढी खराब हुनसक्थ्यो । आशा गरौँ, यो घटनाले भविष्यका लागि सकारात्मक प्रतिफललाई बढावा देओस् ।’

बीबीसीको रिपोर्टमा आधारित

Share:

0 Comments:

Post a Comment