Wednesday, January 28, 2015

बुढेसकालमा

काँपिरहेका हात, ल्यापटपका कीबोर्डहरुमा दौडिरहेको
अनि
घरी घरी,पावरदार चस्मा नाकको टुप्पोबाट माथितीर सार्दै
केहि लेखिरहेको मस्त दृष्य
...................................................................................................


जरुर म तिम्रो र मेरो प्रेम कहानीको फिल्म लेख्नेछु
बुढेसकालमा ।
जुन समय, तिमी
आफ्ना फुलेका दारीमा ताउ लगाउँदै
अन्यत्र मुलुकमा भएका नातीनातीनासंग भाईबरमा कथा सुनाउँदै हुनेछौ,
....................................................................................................

60 years ago, a young lady ...............
हो तिमी अंग्रेजीमा कथा सुनाउनेछौ
नेपाली त बुझे पो !
अंग्रेजीमा हाम्रो प्रेम कथा सुनाउँदै हुनेछौं
जसमा हुनेछन् तिम्रा जवानीका रंगहरु
अनि सम्झन्छौं
कसरी धोका दिएका थियौ, ती युवतीलाई ?
.......................................................................................................
 
हो यहि बिषयमा म फिल्म बनाउनेछु
बुढेसकालमा ।
Share:

0 Comments:

Post a Comment