Sunday, October 18, 2015

त्यो हाम्रो मिलनको रात

तँ धर्ती बनेको रात म आकाश बनेको रात दुई , एक भएको रात
एक , अनेक भएको रात तँ मौन भएको रात म शब्द बनेको रात तँ शब्द बनेको रात म मौन भएको रात तँ पोखिएको रात मैले संगालेको रात म पोखिएको रात तैले संगालेको रात म बर्सिएको रात तँ भिजेको रात म भिजेको रात तँ बर्सिएको रात तँ निथारीएको रात म निथ्रिएको रात म निथारीएको रात तँ निथ्रिएको रात तँ हराएको रात म भेटिएको रात मैले जिस्काएको रात
म हराएको रात तँ भेटिएको रात तँ, तँ नभएको रात म, म नभएको रात तैले मलाई पाएको रात मैले तँलाई पाएको रात तैले मलाई भोगेको रात मैले तँलाई भोगेको रात म अबोध बनेको रात तँ अबोध बनेको रात तँ सकिएको रात म सकिएको रात तँ म बनेको रात म तँ बनेको रात तँ तृप्त भएको रात म तृप्त भएको रात मैले ऊघारेको रात तँ ऊघ्रीएको रात तैले आँखा चिम्लेको रात मैले चिमोटेको रात तँ मुस्कुराएको रात औला सलबलाएको रात ओठ थर्रथराएको रात तेरो केश रात भएको रात तेरो मुहार जून भएको रात म फूल भएको रात तँ बासना भएको रात त मेरी भएको रात म तेरो भएको रात तँ रमाएको रात म रमाएको रात त्यो तेरो रात त्यो मेरो रात आ नभुली सधैं याद गरौ है त्यो हाम्रो मिलनको रात त्यो हाम्रो मिलनको रात # बि. पि. सुबेदी
Share:

0 Comments:

Post a Comment