Friday, July 17, 2015

बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा दिन सुरु

पुष्पा, धादिङ—एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाले अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न थालेको छ ।

गोरखाको घ्याल्चोक गाविस– ९ स्थित सिउरेनीटारका जग्गाधनीहरुलाई मुआब्जा वितरण सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमार्फत् जग्गाधनीलाई मुआब्जा वितरण गरिएको छ ।
कार्यालय भवन निर्माणका लागि आयोजनाले १३३ रोपनी जग्गा स्थानीयबाट अधिग्रहण गरेको छ ।
प्रतिरोपनी रु सात लाख ९५ हजारका दरले मुआब्जा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताए ।
आयोजनाले ३७ जना स्थानीयवासीको जग्गा अधिग्रहण गरेको हो ।
पहिलो पटक चैत १२ गते सूचना प्रकाशन गरेर २७ जनाको र दोस्रो पटक जेठ २० गते सूचना जारी गरेर १० जनाको जग्गा अधिग्रहण गरिएको इञ्जिनियर आनन्द पौडेलले जानकारी दिए ।
अधिग्रहण गरिएको जग्गाको मुआब्जा रु १० करोड ६६ लाख १० हजार वितरण गर्ने तयारी आयोजनाले गरेको   छ ।
आठ वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ ।
साथै चारवटा परीक्षण सुरुङ खनिएको छ ।
Share:

0 Comments:

Post a Comment